सप्तरीमा एक्कासी जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । अत्यधिक जाडोसँगै चलेको चिसो हावाले सदरमुकाम राजविराज सहित ग्रामिण भेगको जनजीवन प्रभावित बनेको हो ।
शितलहर चलेकाले जाडो छल्न राजविराज नगरपालिकाले नगरक्षेत्र भित्र आगो ताप्न दाउरा उपलब्ध गराएको कार्यवाहक नगर प्रमुख ईसरत परवीनले जानकारी दिइन् । अत्यधिक जाडोकै कारण सप्तरीको राजगढ गाउँपालिकाले एक साताका लागि विद्यालयहरु बन्द गरेको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दे वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पालिकाका विद्यालयहरुमा बिदा दिइएको हो । पुस २४ देखि माघ १ गतेसम्म विद्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।
