त्रिविको कीर्तिपुरस्थिति केन्द्रीय क्याम्पसमा पाँच विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ ।

पाँच विद्यार्थी संगठन र क्याम्पसबीच ताला खुलाउने सहमति भएको हो ।आज सहमति भएपछि ताला खुलेको छ । विद्यार्थीले उठाएको विषयको छानबिन गर्न केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

क्याम्पसका प्रोक्टर राजेन्द्र कोइरालाले भने ।एनपीएलको पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको आरोप लगाउँदै छानबिनको माग राखेर पाँच वटा विद्यार्थी संगठनले २५ मंसिरमा क्याम्पसमा ताला लगाएका थिए ।