कञ्चन गापा को आयोजनामा कञ्चन गापा वडा नं १ मा रहेका उपभोक्ता समितिलाई योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गापा वडा नं १ का वडा अध्यक्ष हरिनारायण थारुको अध्यक्षयतामा संचालन भएको कार्यक्रममा कञ्चन गापा उपाध्यक्ष मौसमी थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथी थापाले उपभोत्ता समिति नै कञ्चन गापा विकासको आधार भएकोले निष्पक्ष र निडर भएर कार्य गर्न उत्साह प्रदान गर्नु भयो।

कार्यक्रमका विशिष्ट अतिथी कञ्चन गापाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले उपस्थितिलाई स्वागत गर्दै वहाँ र वहाँको टिम निरन्तर कञ्चनको विकासमा रहेको र योजना पनि त्यसै अनुसार बनाएको हुदा सबैलाई समयमै काम सम्पन्न गर्न अनुरोध गर्नु भयो।
त्यसैगरी कञ्चन गापा योजना शाखा प्रमुख चन्द्रमणी घिमिरेले योजना कार्यन्वयन प्रकृयाका बारे प्रोजेक्टर मार्फत सहभागीलाई जानकारी गराउनु भएको थियो। गापा ईन्जिनियर सुवोध गौतमले हामी कुनै सर्तमा नि दायाँ वायाँ नहुने भन्दै योजना ईस्टिमेट भित्र कार्य गर्न सम्पूर्ण उपभोक्ता समितिलाई अनुरोध गर्नुभयो।

कञ्चन गापा लेखा शाखा प्रमुख सन्तोष गैरेले कार्य सम्पन्न संगै विल भरपाई पनि चुष्ट दुरुष्ट राख्न अनुरोध गर्दै पछी विल भरपाई नभएमा काम सम्पन्न भएनि भुत्तानि गर्न नसकिने जानकारी दिनु भयो। कार्यक्रमा वडा सदस्य ज्यूहरुको पनि उपस्थिती रहेको थियो।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा वडा नं १ का अध्यक्ष थारुले बजेट कम भएकाले सोचे अनुरुप विकास गर्न नसके पनि आफुहरु सधै उपभोत्ता हितमा र वडाको हितमा काम गर्ने भएकाले काम गर्ने दौरान कुनै समस्या भए वडा कार्यलय सधै खुल्ला भएको जानकारी दिनु भयो।
फोटो- दिनेश घिमिरे
