बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएकोमा आज पनि सोहि कायम भएको छ ।

By admin