वैशाख-२७, रुपन्देही। महिलाहरुको व्यत्तिगत, व्यवसायिक तथा सामाजिक नेतृत्व क्षमता विकास गर्ने उदेश्यका साथ रामग्राम महिला जेसीज वर्ष २०२५ को आयोजनामा जेसीज पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने सशक्त महिला, सक्षम नेतृत्व विषयक तालिम सम्पन्न भएको छ।

रामग्राम जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी प्रिती कुमारी अग्रहरीको अध्यक्षयता तथा रामग्राम नगर पालिकाका निबर्तमान उप-मेयर रम्भा कुवँरको प्रमुख आतिथ्यतामा संचालन भएको प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा जेसीआई प्रशिक्षक राजन शर्मा पौडेलको सहभागिता रहेको थियो।

रामग्राम परासी बजारमा रहेको होटल सिदार्थपार्क रिजेन्सीमा संचालन भएको प्रशिक्षणमा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर सन्दिप अग्रहरी, निबर्तमान अध्यक्ष जेसी बिनिता खड्का, मातृशाखा अध्यक्ष बिष्णुराज राव, पूर्व अध्यक्ष जेसी पुष्पा लामा, जेसी जोगमाया चौधरी, मातृशाखा पूर्व अध्यक्ष मोहन पौडेल, राजकुमार केसी लगायतको उपस्थिती रहेको थियो।

आजको आवस्यकता महिला सशक्तिकरण र समान अवसर जहाँबाट सुरु हुन्छ सामाजिक विकास। प्रमुख प्रशिक्षक पौडेलले उपस्थित सहभागिहरुलाई नेतृत्व गर्दा अपनाउनु पर्ने शैलि र नेतृत्वका विषयमा प्रशिक्षण दिनु भयो साथमा पूर्व अध्यक्ष र मातृशाखा पूर्व अध्यक्ष ज्यूहरुले नेतृत्व गर्दाको अनुभव र जेसिज यात्रा बारे आफ्नो अनुभव सुनाउनु भयो। उक्त प्रशिक्षण कार्यक्रमको ‌संचालन वर्ष २०२५ का महासचिव जेसी लक्ष्मी चौधरी मल्लले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *