भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ।
देहरादुनबाट केदारनाथ उडेको हेलिकप्टर आइतबार बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ। हेलिकप्टरमा पाइलटसहित र ६ जना यात्रु सवार थिए। तीमध्ये एक जना बालक रहेको पनि बताइएको छ।
आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टर गौरीकुण्ड र त्रिजंगीनारायणको बीचमा पर्ने दुर्गम गाउँमा दुर्घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ। हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको पनि टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ। दुर्घटना बिहान ५:२० बजे भएको उत्तराखण्डको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
उत्तराखण्का प्रहरी महानिरीक्षक राजिव स्वरूपले दुर्घटनाको पुष्टि गरर्का छन्। साथै उद्धार टोली पनि घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन्।
