एक दिवसीय विश्वकप २०२३ गत बिहिबार देखी भारतमा सुरु भएको छ। आज खेलको चौथो दिन भारत र अष्ट्रेलिया विश्वकपको पाँचौ तथा आफ्नो पहिलो खेल नेपाली समय अनुसार दिउसो सवाँ २ बजे देखी चेन्नईमा हुदै छ।
खेल भारतमा भए पनि अहिले सम्म धेरै दर्शकको उपस्थिती नरहेको हुदा आजको खेलमा दर्शकको उपस्थित राम्रै हुने अनुमान गरिएको छ। भारतले आफ्नो पहिलो खेल अोपनर सुभमन गिलको अनुपस्थितमा खेल्नु पर्ने भएको छ।
दुई शक्तिशालि टिम ५ पटकको विश्व विजेता अष्ट्रेलिया र आयोजक समेट रहेको विश्व नं १ टिम भारत बिचको खेल रोमान्चक हुने पूर्व अनुमान गरिएको छ।
