आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । दिवंगत पितृका नाममा रातभरि जाग्राम बसेर दीप महादीप बाल्ने र भोलिपल्ट बिहान झिसमिसेमै शतबीज छर्ने प्रचलन छ। त्यसैका लागि पाशुपत क्षेत्र लगायत देशभरका शिवालयमा दर्शनार्थीको ठूलो भिड लागेको छ।

यसरी छरिने शतबीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ ।

दिवंगत पितृका नाममा शिवालय तथा शिवधाममा यिनी अनाज र फलफूल छर्ने प्रचलन छ।