कञ्चन, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा कञ्चन जेसिज वर्ष २०२६ को आयोजनामा आज कञ्चन गाउँपालिकाका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत प्रगति माध्यमिक विद्यालय, कञ्चन–१, गजेडी२ बकुलघाट खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, कञ्चन–१, गजेडी माध्यमिक विद्यालय कञ्चन -२, तथा बकुलघाट–गजेडी बजार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कञ्चन -२ परिसरमा विभिन्न प्रजातिका करिब १०० वटा बिरुवा रोपिएको कञ्चन जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी निरोज पौडेलले जानकारी दिनुभयो।
कार्यक्रममा कञ्चन जेसिजका संस्थापक अध्यक्ष जेसी चूडामणि पौडेल, पूर्व अध्यक्षहरू जेसी बाबुराम पौडेल, जेसी राजन शर्मा पौडेल, जेसी सन्देश ज्ञवाली, नि वर्तमान अध्यक्ष जेसी प्रकाश उपाध्याय पौडेल, शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
त्यसैगरी प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश पौडेल, सहायक प्रधानाध्यापक सरोज भट्टराई, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकहरू तथा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालकै पहिलो कृषि रियालिटी शो Raw को उत्कृष्ट तीनमा पर्न सफल कञ्चन जेसिजका पूर्व अध्यक्ष जेसी राजन शर्मा पौडेललाई सफलताको शुभकामना व्यक्त गर्दै “एक बोट राजनलाई, एक भोट राजनलाई” अभियानसहित वृक्षारोपण गरिएको थियो।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी आयोजना गरिएको उक्त कार्यक्रमले समुदायमा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
