अन्तरिक्षमा फोहोर छाडेबापत अमेरिकी सरकारले पहिलोपटक डिस नेटवर्कलाई डेढ लाख डलर जरिवाना गरेको हो । डिस नेटवर्कले पनि आफ्नो EchoStar-7 का विषयमा बहन गर्नुपर्ने दायित्व स्वीकार गर्दै संघीय सञ्चार आयोगले तोकेको जरिवाना रकम तिर्न सहमत भएको छ ।
अन्तरिक्ष फोहोर अर्थात् स्पेस जंक भनेका प्रविधिका टुक्राहरु हुन् जुन पृथ्वीको कक्षमा रहेका हुन्छन् । ती टुक्राहरु काम नलाग्ने हुन्छन् र अन्यसँग ठक्कर खाने जोखिममा रहेका हुन्छन् । आधिकारिक रुपमा अन्तरिक्ष फोहर भनिने यी चिजहरुमा पुराना स्याटेलाइट तथा अन्तरिक्षयानका पाटपुर्जाहरु पर्दछन् । अमेरिकी संघीय सञ्चार आयोगका अनुसार डिस नेटवर्कको उक्त पूरानो स्याटेलाइटका कारण पृथ्वीको कक्षमा घुमिरहेका अन्य स्याटेलाइटमाथि खतरा पैदा भएको छ ।
