यस वर्ष अलैँची बिक्रीबाट लमजुङका  किसानले २४ कराेड बढी आम्दानी गरेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार अलैँची बिक्रीबाट लमजुङमा २४ करोड रुपैयाँ भित्रिएको हो । उहाँका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट त्यति रकम आम्दानी भएको हो । गएको वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो ।

उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका हुन् । जिल्लाको मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, क्वलहोसोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिकाका साथै बेसीसहर नगरपालिका र राइनास नगरपालिकाका केही क्षेत्रमा अलैँचीको व्यावसायिक खेती हुुँदै आएको छ ।

By