रुपन्देही जिल्ला कञ्चन गाउँपालिका वडा नं ३ मा रहेको लालिगुँरास खेल मैदानमा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० आयोजना हुने भएको छ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिले माघ २५ गते बिहिवारका दिन कञ्चन ३ मा रहेको एभर ग्रिन ईङ्गलिस बोर्डिङ स्कुलमा पत्रकार सम्मेलन गर्दै यही फागुन ३ गते देखी ५ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० आयोजना हुन गईरहेको जानकारी दिनु भयो। रनिङसिल्ड प्रतियोगितामा ६ फरक विधामा प्रतिस्पर्धा हुने र त्यसको लागि रुपन्देही जिल्लाका १६ स्थानिय तह मध्यबाट ११ पालिकाको सहभागिता रहने कुरा आयोजक रुपन्देही जिल्ला खेलकुद विकास समितिले जानकारी दिनु भएको छ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पहिलो पटक कञ्चन गाँउपालिकामा संचालन हुन गईरहेकोमा खुसी व्यत्त गर्दै खेल मैदान निर्माण कार्य तिव्र भएको र अन्य तयारीका विषयमा पनि कञ्चन गाउँपालिका सधै तयार रहेको कुरा गाँउपालिका अध्यक्ष नवराज ढकालले जानकारी दिनु भयो।

यो प्रतियोगिताको आयोजक रुपन्देही जिल्ला खेलकुद विकास समिति भए पनि यसलाई सम्पन्न गर्न सम्पूर्णको साथ महत्व पूर्ण रहेको हुदा सम्पूर्णलाई आफ्नै कार्यक्रम सरह सहभागिताको लागि पत्रकार सम्मेलनका संचालक तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य राधिका चौधरीले अनुरोध गर्नु भयो।

पत्रकार सम्मेलन संगै आयोजक टिम र गाउँपालिकाको टिमले खेल मैदानको अवलोकन गर्नु भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *