वर्ष २०२४ को सुरु संगै जनवरी महिना देखिनै नेपाल जेसिज र नेपाल जेसीज अन्तर्गतका १७८ वटै शाखाहरुले आफ्नो कार्यलका कार्यक्रमहरु गर्न सुरु गरेका छन्। नेपाल जेसीजको कार्य सम्पादन ढाचा अनुसार देशभरका १७८ शाखालाई ४ वटा क्षेत्र र हरेक क्षेत्र अन्तर्गतका शाखाहरुलाई ३ भागका विभाजन गरी १-१ उपाध्यक्षलाई जिम्मेवारी प्रदान गरी शाखाको कार्य सम्पादनलाई व्यवस्थित गर्ने प्रचलन रहेको छ।

नेपाल जेसीजको कार्य सम्पादन ढाचा अनुसार नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेलको कार्य सम्पादन क्षेत्र भित्र पर्ने १७ निरुपित शाखाका अध्यक्ष र महासचिवहरुलाई अनलाईन मिडियम जुमको माध्यमबाट शाखाका कार्यक्रमको प्रगति प्रतिवेदन ( रिपोर्ट ) लेखन तालिम सम्पन्न भएको छ।

माघ २५ गते जुम मार्फत राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी सन्दिप अग्रहरीको प्रमुख मन्तव्य संगै संचालन भएको तालिममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेलले प्रतिवेदन लेखन सम्बन्धि तालिम प्रदान गर्नु भएको थियो। तालिममा १७ शाखाका अध्यक्ष र महासचिव गरी ३६ जनाको सहभागिता रहेको थियो।
