रुपन्देहीको सैनामैना नगरपालिका बाँसगढीमा दुई स्कुल बस एक आपसमा ठक्कर खाएर दुर्घटनामा परेका छन्।
सैनामैना नगर भित्रकै २ विद्यालय रामापुर माध्यमिक विधालय र सुनगाभा पब्लिक माध्यमिक विधालयका विद्यार्थी बोकेको बस एक आपसमा ठोकिएर दुर्घटनामा परेको हो।
स्थानिय र प्रहरीको सहयोगले उद्धार गरी घाइतेलाई बुटवल अस्पताल लगियोको छ भनि धेरैलाई सामान्य उपचार पछी घर गएका छन्। मुख्य गरेर एक जना डाईभरको खुट्टामा चोट लागेको छ भनि अरु सबै सामान्य रहेको जानकारीमा आएको छ।
