हप्ताको पहिलो दिन नै शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७९ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज फाइनान्स र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै समाज लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे नाै प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार उच्च अङ्कले घटेको दिन आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा चिरख्वा हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।