गाउँपालिकाको आइतबार बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्र बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगाएतका सामाग्री पिठाउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिनुभयो । गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५ लाख, गाउँपालिका अध्यक्षबाट १ महिनाको तलव, कार्यपालिका तथा गाउँसभा सदस्यबाट ५ दिन र कर्मचारीबाट १ दिनको तलब बापतको रकमबाट उक्त सामाग्री खरिद गरी पठाउन लागिएको पन्थीले बताउनु भयो ।
शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले ठुलो मात्रामा जनधनको क्षती पुर्याएको थियो । अध्यक्ष थानेश्वर घिमिरेले बिपत्तीमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह गर्नु भएको छ।

पालिकाले २५ क्वीन्टल चामल, ४ क्वीन्टल मसुरो दाल, १ क्वीन्टल चिउरा, १ क्वीन्टल सोयाबीन, ६० पिस स्वीटर, ४० पिस ब्लाङकेट, ४० पिस सिरक, ५० पिस डसना खरिद गरी भुकम्पप्रभावित क्षेत्र पठाइएको अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
राहत सामग्रीलाई लु २ ख ८४७ नबरको ट्रकमार्फत जाजरकोट पठाइएको छ । आइतबार बिहान बसेको विपद व्यवस्थापन समितिको बैठकले राहत सामग्रीलाई एकद्वार प्रणालीबाट पठाउने निर्णय गरिएको थियो । त्यस्तै विभिन्न संघ–सस्थाको सहयोगमा सिद्धार्थनगर नगरपालिकाले संकलन गरेको राहत सामग्री पनि सोही ट्रकमार्फत जाजरकोट पठाइएको छ ।
