कञ्चन गाउँपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन २ गते बसेको कार्यपालिका बैठकले फागुन १५ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पालिकाले प्रकाशित सुचनामा फागुन १५ गते मगर दिवशको अवशरमा स्थानिय बिदा दिने निर्णय भएको हुदाँ गाउँपालिका अन्तरगतका सबै कार्यालयहरु, स्वास्थ्य संस्था तथा बिद्यालयहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने जानकारी गराएको छ । साथै प्युठान लगाएत धेरै पालिकाहरुले फागुन १५ गते स्थानीय बिदा दिएका छन्।
