एसीसी प्रिमियर कपमा आज नेपाल मलेसियासँग खेल्दैछ । खेल नेपालि समय अनुसार दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । उपाधि दाबेदार रहेको नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ ।

नेपालका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा रहेका छन्।