एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। 

शनिबार कतारविरूद्धको खेलमा त दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरे। उनले ब्याटिङमा नटआउट ६४ रन जोडे। कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरे। नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी बने।

उनको कीर्तिमानी प्रदर्शनमा नेपालले २१० जोड्यो। २११ रनको लक्ष्य पछ्याएको कतारविरूद्ध दीपेन्द्रले २ विकेट समेत लिन सफल हुँदा नेपालले ३२ रनले खेल जित्यो। खेलपछि उनले आफू अहिले उत्कृष्ट लयमा रहेको प्रतिक्रिया दिएका छन् भने एकै ओभरमा ६ छक्का प्रहार गर्दा खुसी लागेको बताएका छन्।