काठमाडों । गर्मीमा दुग्धजन्य पदार्थ खपत बढेसँगै दूध किसानले भुक्तानी पाउन थालेका छन् । सरकारले दुग्ध विकास संस्थान डीडीसी मार्फत वैशाख पहिलो साता ४८ करोड रुपैयाँ किसानलाई दिएको थियो ।
यस्तै निजी डेरी उद्योगले पनि नियमित भुक्तानी बढाउन थालेपछि किसानलाई केही सहज भएको छ । डीडीसीले धेरै बक्यौता भएका किसानलाई प्राथमिकतामा राखेर भुक्तानी दिन थालेको छ भने अन्य किसानलाई बक्यौता नबढाइ भुक्तानी गरिरहेको छ
गर्मीमा मही, दही, लस्सी, आइसक्रिम जस्ता दुग्धजन्य पदार्थ खपत बढ्ने भएकाले कन्भर्जन गरेर राखेको पाउडर दूध, ताजा दूध खपत पनि बढ्दा भुक्तानी सहज भइरहेको डीडीसीले जनाएको छ ।
डीडीसी बजार व्यवस्थापन शाखाका अर्थविज्ञ अञ्जन अधिकारीका अनुसार अहिले डीडीसीको भुक्तानी हुँदा किसानलाई सहज भएको बताउँछन् ।
