नेपाल न्युट्रास्युटिकल कस्मास्युटिकल्स एसोसिएसन (एनएनसिए) का अध्यक्ष विप्लव रञ्जितले नेपालको नियम कानुनमा रहन सबै कम्पनिहरुलाई आग्रह गर्दै, भारतबाट आयात गरिने आहारपुरक, न्युट्रास्युटिकल्स र कस्मास्युटिकलको गुणस्तरमा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

फर्मा इएक्सको आयोजनामा भारतको पुनेमा शुरु भएको दुई दिने न्युट्रास्युटिकल कस्मास्युटिकलको प्रदर्शनीमा अतिथिको रूपमा सहभागी जनाउनु भएका अध्यक्ष रंजितले बिरामीको स्वास्थ्य नै महत्वपूर्ण भएकोले न्युट्रास्युटिकल कस्मास्युटिकल उत्पादनको गुणस्तरमा सम्झौता गर्न नसकिने हुनाले यो व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायी हरुलाई गुणस्तरमा ध्यान दिन अनुरोध गर्दै छिमेकी राष्ट्र भारत र अन्य मूलुक बाट नेपालमा पठाउने सम्पूर्ण उत्पादनहरुको गुणस्तरियाता कायम गरेर मात्रै सामान पठाउनको लागि उपस्थित सम्पूर्ण उत्पादक हरुलाई अनुरोध गर्नु भयो।


यो प्रदर्शनीमा भारतका २०० सय भन्दा बढी खाद्यपुरक, न्युट्रास्युटिकल एवं कस्मास्युटिकल कम्पनिहरुले भाग लिएका छन् ।