हरेक १२-१२ वर्षमा लाग्ने कुम्भ मेला भन्दा विशेष १२ वटा कुम्भ मेला पछि १४४ वर्षमा एक पटक लाग्ने महाकुम्भ मेला यो वर्ष जनवरी १३ देखी फेव्ररी २६ सम्म उत्तर प्रदेशको अलाहवादमा लाग्दै जहाँ देश तथा विदेशबाट गरेर ४० करोड भन्दा धेरै भक्तजनको उपस्थिती रहने अनुमान आयोजकले गरेको छ।
हिन्दु धर्मको आस्था माहा-मेला हरेक १२-१२ वर्षमा लाग्ने कुम्भ मेलाको पनि विशेष महाकुम्भ मेलाका लागि भनेर केन्द्र सरकारले ७५०० करोड र प्रदेश सरकारले ७५०० करोड लगानि गरेको छ। यस वर्षको मेलामा १२ किलोमिटर लामो टट्टिय क्षेत्र व्यवस्थापन गरेको छ भने व्यापारिक क्षेत्रबाट पनि करोडौको लगानि गरेको छ।
आस्थाको केन्द्र यस मेलालाई सरकारले पनि विशेष रुपमा निगरानिमा राखेको छ। उक्त मेला सुरक्षाकालागि ४० हजार पुलिस साथै एआई सुरक्षा प्रविधि समेत अपनाईएको छ। तहाँ आउने भक्तजनका लागि भनेर १ लाख ५० हजार अस्थाई टेन्ट व्यवस्था गरेको छ।
त्यस मेलालाई विशेष बनाउन सरकार तथा निजी क्षेत्रको ठुलो लगानि रहेको छ भने मेला अवधिभरमा १ लाख करोड भन्दा धेरैको कारोवार रहने अनुमान आयोजकले गरेको छ।
