२०८१/१०/३०, रुपन्देही। नेपाल प्रहरी रुपन्देही जिल्ला कार्यलय भैरहवामा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना, जिल्ला प्रहरी कार्यलय रुपन्देहीको सहकार्य तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यलयको प्रङ्गनमा बिहान ०८:३० बजे देखी सुरु भएको शिविर साँझ ०४:३० सम्म संचालन रहेको थियो। रक्तचाप, मधुमेह, नाक–कान–घाँटी, हाडजोर्नी, मुटु रोग, स्त्री रोग तथा नसारोगसम्बन्धी परीक्षण गरिएको शिविरमा प्रहरी कर्मचारी, प्रहरी परिवारका सदस्य, प्रहरी श्रीमति संघका पदाधिकारी तथा पत्रकारहरु गरी ३०७ जनाले सेवा लिएका थिए।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष नविना कार्की खत्री ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौर, भैरहवा मेडिकल कलेजका प्रशासन संयोजक तथा क्याम्प कोडिनेटर तेज कुमार के.सी., वरिष्ठ डा. राहुल यादव, डा. सम्बाद खरेल, डा. प्रसान्त दिवेद्धी र डा. प्रकाश श्रेष्ठ सहितको स्वास्थ्यकर्मीहरूको टोली रहेको थियो।

जिल्ला कार्यलय रुपन्देहीले निरन्तर रुपमा यस अगाडी पनि साईबर अपराध सम्बन्धि सचेतनामूलक प्रशिक्षण, लागु पदार्थ दुर्व्यसनी बिरुद्ध सचेतना जस्ता कार्यक्रमहरु पनि सम्पन्न गरि सकेको छ।
