चैत्र-१५, काठमाडौं। रूपन्देही कञ्चन गाउँपालिकाका युवा कृषि व्यवसायी राजन शर्मा पौडेल विश्वकै पहिलो कृषि रियालिटी गेम सो ‘र’ (RAW: Revolutionary Agriculture War) को मुख्य प्रतिस्पर्धाको शिर्ष १२ मा पर्न सफल हुनु भएको छ।

देशभरका १६८२ प्रतिस्पर्धाबाट विभिन्न चरण पार गर्दै शिर्ष १२ मा पर्नु भएका  पौडेल एक सफल च्याउ व्यवसायी हुनु हुन्छ। विगत एक दशक लामो च्याउ व्यवसायको अनुभव हुनु भएका पौडेल टिम स्पिन्जर एग्रो प्रा.लि.का प्रवन्धक साथै स्पिन्जर च्याउ फर्मका व्यवस्थापक समेत हुनु हुन्छ। विगत लामो समय देखि च्याउ उत्पादन तथा च्याउको बिउ उत्पादनमा लाग्नु भएका पौडेल विभिन्न सामाजिक संस्थाहरुमा समेत आवध हुनु हुन्छ।

आज देखि सुरू भएको मुख्य प्रतिस्पर्धाका लागि ‘शीर्ष १२ किसान र शीर्ष १२ कृषि प्राविधिक’ प्रतिस्पर्धीहरूको नाम सार्वजनिक गरिने कार्यक्रम प्रत्येक दिन एक जना किसान र एक जना कृषि प्राविधिक गरी १२ दिनसम्म ‘र’ को सामाजिक संजाल मार्फत प्रतिस्पर्धीहरूको नाम प्रकाशित हुने छ। 

ई स्क्वायर प्रा.लि. ले निर्माण गरेको विश्वकै पहिलो कृषि रियालिटी गेम सो ‘र’ को पहिलो संस्करणमा देशभरिको ७७ वटै जिल्ला र ४१६ स्थानीय तहहरूबाट गरेर १६८२ जनाको सहभागिता रहेको थियो जहाँ प्रतिश्पर्धीहरुबाट छानिएका ‘शीर्ष-१००’ (७० किसान र ३० कृषि प्राविधिक) प्रतिस्पर्धीहरूलाई व्यक्तिगत अन्तरवार्ता चरणमा लगिएको थियो। जुन चरण सफलतापूर्वक सम्पन्न भए संगै अब बेला आएको छ, ‘शीर्ष-१००’ बाट शीर्ष १२ को जहाँ ‘शीर्ष १२ किसान र शीर्ष १२ कृषि प्राविधिक’ प्रतिस्पर्धीहरूको प्रतिस्पर्धा हुनेछ।

विभिन्न चरण पार गर्दै अन्तत १-१ कृषक र प्रविधिक बिजेता बन्ने छन्न र पाउने छन् कृषक सेलिब्रेटि हुने अवसर। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *