चैत्र-२३, रूपन्देही। योजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा आँखा उपचार केन्द्र लायन्स क्लब अफ कञ्चनको प्रविधिक सहकार्यमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।

योजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यलय कञ्चन-१, बेलभरीयामा बिहान १० बजे देखी सुरू भएको शिविरमा १३०+ ले आफ्नो आँखाको चेक गर्नु भएको आयोजकले जानकारी गराउनु भयो।

शिविरमा कञ्चन गाँउपालिका वडा नं १,२ बाट मुख्य रुपमा र ३,४,५ बाट र सैनामैना, गैडहवा बाट पनि सेवाग्राही हरूको उपस्थिति रहेको थियो।

१३०+ मा अधिकाम्सलाई मेडिसिन दिएको छ भने, चस्मा लगाउनु पर्नेलाई मेडिसिन संगै चस्माको लागि लायन्स आँखा उपचार केन्द्र हरैयामा रिफर गरिएको छ। उक्त शिविरमा ७ जना जटिल मोतियाबिन्दु भएका विरामीलाई थप उपचार र अपरेसनको लागि बुटवल लायन्स आँखा अस्पतालमा रिफर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *