वैशाख-१५, रूपन्देही। कञ्चन गाँउपालिकाको आयोजनामा गाँउपालिकामा कार्यरत नगर प्रहरीलाई नगर प्रहरी भुमिका, काम कर्तव्य र अधिकार एवम् विपद व्यवस्थापन अभिमुखिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री माधव प्रसाद पोख्रेल ज्यूको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर प्रहरी प्रमुख श्री नर प्रसाद श्रेष्ठ ज्यूको प्रशिक्षणमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षण कार्यक्रमले नगर प्रहरीलाई थप कुशलता पूर्वक काम गर्न सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले बताउनु भयो।

प्रशिक्षण कार्यक्रममा योजना शाखा प्रमुख चन्द्रमणी घिमिरे, पूर्वाधार विकास तथा वातावरण शाखा प्रमुख ई. सुवोध ज्ञवालीले शुभकामना व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख गिरीराज अर्यालले गर्नु भएको थियो।
