साउन-३, रूपन्देही। कञ्चन बौद्धिक संवाद मञ्च द्धारा वि.पी. स्मृती दिवस र पुस्पलाल स्मृति दिवसको पूर्व सन्ध्या पारेर साउन ३ गते शनिवारका दिन कञ्चन-५, गरगरेमा रहेको रुद्रपुर खानेपानी तथा सरसफाइ समूहको कार्यलयमा “नेपालको लोकतान्त्रिक आन्दोलनमा वि.पी. कोइराला र पुस्पलालको योगदान” विषयक विचार गोष्ठी सम्पन्न गरेको छ।

कञ्चन बौद्धिक संवाद मञ्चका अध्यक्ष दिनानाथ आचार्यको अध्यक्षता तथा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम, गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, विपी विचार राष्ट्रिय समाज रुपन्देहीका अध्यक्ष सरोद भट्टराई, जिवराज आश्रीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष युवराज घिमिरे, कञ्चन गाउँपालिका प्रवक्ता तथा सामाजिक विकास संयोजक चित्रलाल तुलाचन लयात ५० भन्दा धेरै कञ्चन गाउँपालिकाका शैक्षिक तथा बौद्धिक व्यक्तित्व हरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालको लोकतान्त्रिक आन्दोलनमा विपी कोइरालाको योगदानका विषयमा विषयपत्र प्रस्तुत गर्दै विपी विचार राष्ट्रिय समाज रुपन्देहीका अध्यक्ष सरोद भट्टराईले नेपालमा कुर राणा शासनको विरोध संगै आएको परिवर्तनमा विपीले खेलेको भुमिका संगै नेपाली काङ्ग्रेसले आजको दिनमा पनि विपीको मार्गमा आफुलाई अगाडि बढाउनु सम्मको भुमिका प्रस्ताउनु भयो। नेपाली जनताको पक्षमा लडाइँ लडेका उनले १६ वर्ष जेल जीवन हुदा सम्म पनि राजनितिबाट बिचल्ली नभएको बताउनु भयो। नेपालको व्यवसायीक विकास, कृषि निती र सहज सहुलियत ऋणको पक्षमा विपी रहेको प्रस्ताउनु भयो।

नेपालको लोकतान्त्रिक आन्दोलनमा पुस्पलालको योगदानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै जिवराज आश्रीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष युवराज घिमिरेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुस्पलालले खेलेको भुमिकाका विषयमा विषयपत्र प्रस्तुत गर्नु भएको थियो। सरकारले राजनितिक प्रतिशोधका कारण परिवारका सदस्यलाई दिएको सजायबाट राजनितिमा प्रवेश संगै नेपाल कम्युनिष्ट पार्टीको स्थापना देखि नेपाली जनताको पक्षमा गरिएको आन्दोलनमा उनले खेलेको भुमिकालाई प्रस्ताउनु भएको थियो। आज पनि नेकपा एमालेले पुस्पलालको मार्गलाई अवलम्वन गरिरहेको बताउनु भयो।

विषयपत्र प्रस्तुत संगै उपस्थित बाट विषयपत्र माथी विचार विमर्श भएको थियो। जहाँ थप विपी र पुस्पलालका योगदानको बारेमा चर्चा गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथीहरुले विपी र पुस्पलाले नेपालको राजनितिक परिवर्तनमा खेलेको भुमिकाकै कारण आज हामी खुलेर बोल्न यसरी छलफल र विचार राख्न पाएको बताउनु भयो। आज पनि नेपाली राजनितीमा सक्रिय व्यक्तिहरुले विपी र पुस्पलालको मार्गमा आफुहरु चल्नु पर्ने र जनताको पक्षमा काम गर्नु पर्ने बताउनु भयो। यसरी जननायक र जननेताको विचार गोष्ठीले गर्दा थप राजनितीक दक्षता बढ्ने हुदा यस कार्यक्रम सम्पन्न गर्नु भएकोमा कञ्चन बौद्धिक संवाद मञ्चलाई बधाई सहित धन्यवाद व्यक्त गर्नु भएको थियो।

कञ्चन बौद्धिक संवाद मञ्चका अध्यक्ष दिनानाथ आचार्यले विचार गोष्ठी संचालन गर्नुको उदेश्य उपर प्रस्ताउदै सुरुवाट भएको कार्यक्रमको संचालन कञ्चन बौद्धिक मञ्चको सचिव राधिका चौधरीले गर्नु भएको थियो। संगै कार्क्रममा उपस्थितलाई उपाध्यक्ष जित वहादुर पुनले स्वागत मन्तव्य द्धारा स्वागत गर्नु भएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *