असोज-११, युएईको सारजा क्रिकेट स्टेडियमा भएको नेपाल-वेष्टइण्डिज बिच संचालनहुने ३ म्याच युनिटी कप टि२० सिरिजको पहिलो टि२० खेलमा वेष्टइण्डिजलाई १९ रनले हराउदै नेपालि क्रिकेट टिमले ईतिहास रचेको छ।

सारजा स्टेडियमा नेपालि समय अनुसार ८:१५ मा सुरुभएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धारित २० ओभरमा १४८ रनमा समेटिएको थियो ४ खेलाडीले मात्रा दोहोरो अंक बनाएको नेपाली टिममा क्याप्टेन रोहितले सर्वाधिक ३८ रन, कुशल मल्लले ३०, गुल्सनले २२ र दिपेन्द्रले १७ रनको योगदान दिएका थिए भने वेष्टइण्डजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिएका थिए।

१४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन मात्रा बनाउन सफल भयो। वेष्टइण्डिजलाई सस्तैमा रोक्न नेपालकालागि कुशल भुर्टेलले २ विकेट भने अन्य खेलाडीले एक-एक विकेट लिएका थिए।

यो जित संगै नेपालले टेष्ट मान्यता प्राप्त फुल मेम्बर राष्ट्र माथि पहिलो टि२० अन्तराष्ट्रिय जित हासिल गरेको छ। ३ खेलको टि२० सिरिजमा नेपाल १-० ले अगाडि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *