काठमाण्डौ महानगरपालिकाले रञ्जना लिपि लेख्न र सिक्न ‘नित्या रञ्जना’ युनिकोड सार्वजनिक गरेको छ । नेपाल कला परिषद्मा एक कार्यक्रमका विच काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले लिपि सार्वजनिक गर्नुभएको थियो । रञ्जना लिपि मौलिक र प्राचीन भएर पनि यी अक्षरहरूको प्रयोग, प्रवद्र्धन हुन सकेको थिएन ।