काठमाडौं : शुक्रबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २३ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर १७ सय ३५ रुपैयाँ कायम भएको छ ।
