ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ हिजोदेखि तान्न शुरु गरिएको छ । पुल्चोकमा निर्माण गरिएको रथलाई हिजो पहिलो दिन बाजागाजासहित गावहाल पुर्‍याइएको छ । रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहि आएको छ । मच्छिन्द्रनाथसँगै मीननाथको (मीननाथ मच्छिन्द्रनाथका बाबु हुन्) रथ पनि तानिएको छ ।

मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित छ । रातो मच्छिन्द्रनाथको जात्रा झन्डै १५ किलोमिटर डोरीको सहायताले रथलाई तानेर परिक्रममा गराइन्छ ।