साउन-२, रूपन्देही। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कञ्चन द्धारा कञ्चन गाउँपालिका भित्र रहेका सामुदायिक तथा सस्थागत विद्यालयका सतप्रतिशत नतिजा ल्याउन सफल करिव ८० जना शिक्षक तथा नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको छ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कञ्चन का अध्यक्ष चुडामणी पौडेलको अध्यक्षता तथा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम, गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, वडा नं १ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नं ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, कञ्चन गाउँपालिका प्रवक्ता तथा सामाजिक विकास संयोजक चित्रलाल तुलाचन, नेपाल शिक्षक महासंघ कन्चनका अध्यक्ष प्रकास आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यूहरु, सम्पूर्ण विद्यालयका प्र.अ. तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथीहरुले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले पहिलो पटक यसरी शिक्षकहरुलाई सम्मान गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। यसरी सम्मान गर्दै गर्दा शिक्षकहरुलाई पनि आगामी दिनमा थप हौसाला मिल्ने 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कञ्चन का सचिव मेघनाथ पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा महासंघका उपाध्यक्ष यमबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *