व्यावसायिक किवी खेतीमा गरिएको लगानी करिब दुई वर्षमा उठ्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौती विषयमा गरेको अध्ययनले औसत १.९ वर्षमा लगानी उठ्ने देखिएको हो ।

अध्ययनका लागि गरिएको सर्वेक्षणमा सहभागी किवी किसानले यस व्यवसायमा गरेको कुल लगानी फिर्ता पाउन छिटोमा १.३ वर्ष र ढिलोमा ५.५ वर्ष देखिएको अध्ययन प्रतिवेदनमा छ, ‘सोलुखुम्बु जिल्लाका किसानले सबैभन्दा छिटो औसत १.३ वर्ष र धनकुटाका किसानले सबैभन्दा ढिलो औसत ५.५ वर्षमा व्यवसायको लगानी फिर्ता पाउने देखिन्छ ।’

By