मुसिकोट नगरपालिकाभित्र सरकारी सेवा सुविध लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ। जनप्रतिनिधि तथा कर्मचारीहरुले आफ्ना सन्तान संस्थागत विद्यालयमा पढाइ रहेको भन्ने जनगुनासो आएपछि उक्त विषयमा छानविन गरि यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ । मुसिकोट नगरपालिकाभित्र १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय छन् ।
नगरपालिकाले सूचना निकालेर नयाँ शैक्षिक सत्रदेखि अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णयबारे जानकारी गराएको छ ।
