११ साउन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ४५ हजारमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
