२०८१-१०-२०, चितवन। नेपाली क्रिकेट सर्मर्थक समाजको को नवौ साधारणसभा तथा पाँचौ केन्द्रिय अधिवेशन भरतपुरमा सम्पन्न भएको छ। जहाँबाट अच्युत पाण्डे को अध्यक्षमा नौ सदस्य केन्द्रिय समिती चयन भएको छ।
हिजो सम्पन्न अधिवेशनको शुभारम्भ नारायण पराजुलिले गर्नु भएको थियो। उहाँको नेतृत्वमा रहेको कार्यसमिति पूर्ण रुपमा भङ्ग भएपछी। नारायण पराजुलीको संयोजकत्वमा राजन शर्मा पौडेल र सुदिप घिमिरे सहितको ३ सदस्य निर्वाचन समिति गठन गरी त्यही समितिले निर्विरोध निर्वाचन सम्पन्न गर्न सफल भएको थियो।
हिजो सम्पनेन अधिवेशनबाट अच्युत पाण्डेको नेतृत्वमा निम्न कार्यसमिति निर्वाचित भएका छन् उपाध्यक्ष – केदार शर्मा, कोषाध्यक्ष – दिनेश नाईसा, सचिब – मोहन ज्ञवाली, सहसचिब – सागर पि.एस., सदस्य : तारा पाठक, सदस्य : अबिन कार्की, सदस्य : सुप्रिया खनाल, सदस्य : सचिन ढकाल ।
अच्युत पाण्डे को नेतृत्वमा नया कार्यसमिती चयन गर्दै र आगामी बर्षका लागि महत्वपूर्ण नीति तथा कार्ययोजनामा बृहत छलफल गर्दै नेपाली क्रिकेट समर्थक समाज ( NCSS ) को नवौ साधारणसभा तथा पाचौ अधिबेशन भरतपुर चितवनमा सम्पन्न भएको छ ।
