माघ-२५, रूपन्देही। कञ्चन गाउँ पालिका वडा नं १ मा संचालित यस क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालय प्रगति नमुना माविले आजएक कार्यक्रमका बिच ISO द्धारा लोगो प्राप्त गरेको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री चुडामणि पौडेलको अध्यक्षता तथा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको लोगो हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, अतिथिका रुपमा वडा अध्यक्ष हरिनारायण थारु, शिक्षा शाखा प्रमुख रमेश भुषाल, प्राधानध्यापक गणेश पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार ज्यूहरु, पूर्व प्रअ ज्यूहरु, ISO प्रतिनिधि सुदिप शर्मा, तालिम संयोजक नारायण प्रसाद दवाडी, श्री बुद्धभूमि आधारभूत विद्यालयका प्रअ लिलाधर पौडेल, वडा सदस्य लेखनाथ ढकाल, समाजसेवी तथा शिक्षाप्रेमी राजन शर्मापौडेल, रेडियो कञ्चनका स्टेसन मेनेजर गोविन्द आचार्य, कञ्चन खवर डट कम, साझा टेलिभिजन देखि उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई स्वागत गर्दै प्राधानध्यापक गणेश पौडेलले प्रगति नमुना माविस्थापना देखि अहिले सम्म निरन्तर रुपमा शैक्षिक सुधारमा अहोरात्र खटिएको र ISO प्रमाणिकरणको प्रक्रियामा पनि तिव्रगतिमा अगाडिबढेको जानकारी गराउनु भयो।
विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर, सामाजिक सुरक्षा विद्यालय हाताभित्र बाहिरको व्यावहारिक र सामाजिक परिवेश सहितका५० अौं सुचकांक पार गर्दै प्राप्त गरिने ISO Certificate प्राप्तिको बाटोमा आज भन्दा ५ महिना अगाडि बाट सुरूगरिएको यात्राकोएक खुड्किलोमा रहेको लोगो प्राप्तिको क्षणमा प्रगति मावि सफल भएको र अब सुचकांकमा रहेर अगाडि बढ्न सकिने ISO का तालिमसंयोजक श्री नारायण प्रसाद दवाडीले जानकारी गराउनु भयो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष हरिनारायण थारुले प्रगति नमुना माविले यस क्षेत्रको शैक्षिक सुधार संगै सामाजिक विकासमा समेतभुमिका खेलेको जानकारी गराउदै वडा सधैव विद्यालयको विकासमा सकरात्मक भएको जानकारी गराउनु भयो।
विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर यहाँ देखि उत्पादित जनशक्ति देश तथा विदेशमा उच्च शिक्षा सहितप्रतिष्ठित कम्पन्नि देखि उच्च पद सम्म पुगेका हुदाँ ISO प्रमाणिकरण प्रश्चात उच्च शिक्षा सहित भविष्यमा थप अवसर प्राप्त गर्ने कुराव्यक्त गर्नु भयो।
प्रमुख अतिथि तथा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकाले समग्र विद्यालयको भौतिक सुधार सहितशैक्षिक सुधारमा रहेको जानकारी गराउदै ISO प्रमाणिकरण सहित पालिकाको पनि जिम्मेवारी पनि थप हुने हुदा पालिका सधैसकरात्मक रहेको जानकारी गराउदै ISO लोगो प्राप्त गर्न सफल भएकोमा शुभकामना समेत व्यक्त गर्नु भयो। साथै प्रगति ISO प्रमाणिकरण भए संगै अरू विद्यालयलाई समेत सहयोग हुने जानकारी गराउनु भयो।
उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष तथा कार्यक्रमका अध्यक्ष चुडामणि पौडेलले विद्यालयको शैक्षिक गुणस्तरमा शिक्षक व्यवस्थापन संगै अभिभावको समेत अहमभुमिका हुने हुदा सम्पूर्ण अभिभावकहरु पनि जिम्मेवारी सहित विद्यालय प्रति सकरात्मक रहन अनुरोध गर्नु भयो। ISO प्रमाणिकरणभएपछी हाम्रा विद्यार्थी देश विदेशमा समेत सजिलै अवसर पाउने र अन्तराष्ट्रिय वजारमा समेत भुमिका निभाउन सक्ने जानकारी गराउनुभयो।
कार्यक्रमको संचालन प्रगति नमुना माविका सहायक प्राधानध्यापक सरोज भट्टराई सरले गर्नु भएको थियो।
