कञ्चन गाउँपालिका रुपन्देहीमा यहि फागुन २० गते देखी २४ गते सम्म दादुरा रुबेला खोप अभियान संचालन हुने भएको छ।
उक्त अभियान गाउँपालिका भित्रमा विभिन्न विद्यालय स्वास्थ्य चौकी तथा स्थानहरुमा खोप केन्द्र तयार गरेर संचालन गरिने भएको छ । ९ महिना देखी १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई यो खोप लगाईने भएकोले आफ्ना नानी बाबुहरुलाई समयमै खोप लगाई वर परका बालबालिकाहरुलाई पनि खबर गरेर यो अखियान पूर्ण रुपमा सम्पन्न गर्न पालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम ज्यूले सबैलाई अनुरोद गर्नु भएको थियो।

