काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न आग्रह गरेको छ । सहकारीले बचतकर्ताकै रकम ऋण प्रवाह गर्ने उल्लेख गर्दै महानगरले समयमै कर्जा नतिरेको अवस्थामा बचतकर्ताको बचत नै जोखिममा पर्ने बताउँदै कर्जा तिर्न महानगरले आग्रह गरेको हो ।

