कैलालीको धनगढी उप-महानगरपालिकाका नगर प्रहरी प्रमुख सई कृष्ण मल्लको जागिर खोसिएको छ ।  मेयर गोपाल हमालको निर्देशनमा मल्ललाई सोमबार जागिरबाट हटाइएको बुझिएको छ ।

मेयर हमालले हालै गरेको छड्के अनुगमनका क्रममा मल्ल ड्युटीमा नभेटिएर घर बसेको पाइएपछि उनलाई जागिरबाट हटाइएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठका अनुसार मेयर गोपाल हमालको निर्देशनपछि मल्ललाई सोमबार नै बर्खास्त गरेको बताए । अब मल्लको ठाउँमा नगर प्रहरी असई चेतराज जोशीलाई जिम्मेवारी दिएको प्रशासकीय अधिकृत श्रेष्ठले बताए । तर यता जागिरबाट हटाइएका सई मल्लले प्रशासनलाई बिदा माग्दा पनि नपाएको गुनासो गरेका छन् ।

By