नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको अनुरोध अनुसार सम्भव हुने स्थानीय तहहरुले सूचना प्रकाशन गरेर आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच आज राति हुने खेल निःशुल्क देखाउने भएका छ ।
नेपाल र नेदरल्यान्ड्सबीचकाे खेल राति सवा ९ बजे अमेरिकाकाे डालासमा शुरु हुनेछ । क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठूलो डिसप्ले वा प्रोजेक्टरको व्यवस्था गरि सबैलाई सहज हुने र पाएक पर्ने स्थानहरुमा व्यवस्था गरिएको सूचनामा जनाएको छ ।

