कन्चन गाउँपालिका वडा नं ४ मा रहेको रुद्रपुर माविको खेल मैदानमा आज माघ २६ गते एक भव्य कार्यक्रमका बिच कञ्चन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छैठौं संस्करण सुरु भएको छ।

आज देखी सुरु भएको प्रतियोगिता माघ २९ गते सम्म संचालन हुने छ। माघ २९ गते सम्म संचालन हुने प्रतियोगितामा कञ्चन गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय र संस्थागत बिद्यालयको सहभागिता रहने छ। प्रतियोगितामा कक्षा १ देखी कक्षा १२ सम्मका विद्यार्थीले भाग ल्याउन पाउनेछन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आधारभुत तर्फ छात्र-छात्राका लागि ४ खेल १०० मि. दौड, ४०० मि. दौड, १*४०० रिले दौड र लङ जम्प संचालन हुने छ भने माध्यामिक तह तर्फ छात्र/छात्रा भलिवल, कबडी, हाई जम्प, सटफुट, थ्रो, रिले दौड, तेकवाण्डो, मार्सल आठ गरी १८ वटा विधामा प्रतियोगिता हुने र आवस्यक परेको खण्डमा १ गते सम्म पनि थप हुन सक्ने जानकारी शिक्षा शाखा प्रमुख रमेश भुषालले दिनु भयो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *