बुटवल जेसीजको आयोजना तथा छिमेकी शाखाहरु बुटवल लेडी जेसीज, कञ्चन जेसीज, सैनामैना जेसीज, शुद्धोन जेसीज, तिलोतमा जेसीज, सिदार्थ लेडी जेसीज, रामग्राम जेसीज, रामग्राम लेडी जेसीजको सह-आयोजनामा आज बुटवल जेसीजको सचिवालयमा १ दिने बहुशाखापदाधिकारी तालिम सम्पन्न भएको छ।

बुटवल जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी विनोद घिमिरेको अध्यक्षता साथै प्रदेश सभा सदस्य माननीय जमुना ढकालको प्रमुखआतिथ्यता, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र घ निरुपित जेसीआई सिनेटर सन्दिप अग्रहरीको बिशिष्टअातिथ्यतामा तालिम सम्पन्न भएको थियो। 

तालिममा प्रमुख अतिथीको मन्तव्य राख्दै माननीय ढकालले जेसीजले धेरै भन्दा धेरै युवाहरुलाई सदस्य बनाउदै सकरात्मक परिवर्तनकोबाटोमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो।

विशिष्ट अतिथि सिनेटर सन्दिप अग्रहरीले जेसीज सदस्यहरुलाई सक्रियताका साथ शाखामा कार्यक्रममा सहभागिता जनाउने, धेरै भन्दाधेरै सदस्यलाई अवसरको सिर्जना गर्नु पर्नेमा जोड दिनु भयो, साथै आफु व्यक्तिगत क्षेत्रको का.का. उपाध्यक्ष भएकाले तालिममा बढिजोड दिन समेत अनुरोध गर्नु भयो।

प्रमुख प्रशिक्षक पूर्व अध्यक्ष जेसी राजिव गौतमले जेसीजका शाखा पदाधिकारीहरुको जिम्मेवारी र शाखालाई मजबुत बनाउन के गर्नेभन्ये विषयमा जानकारी गराउदै शाखा पदाधिकारीलाई थप कार्यबोध गराउनु भयो।

वर्ष २०२४ लाई कसरी उत्कृष्ट वर्ष बनाउन सकिन्छ, यसका लागि कस्ता कार्यक्रमहरु गर्ने भन्ने विषयमा समेत जानकारी गराउनु भयो।

तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र घ निरुपित जेसी राजन शर्मा पौडेलले नेपाल जेसीजले यो वर्ष देखी सुरू गरेको१००% Efficiency Program किन र यसले शाखालाई थप सबल कसरी बनाउद भन्ने विषयमा जानकारी संगै फेब्रुरी महिनाकोटास्कको बारेमा समेट जानकारी दिनु भयो।

प्रशिक्षक पूर्व अध्यक्ष जेसी लालहरी पाण्डे जेसीज नेतृत्व विकास गर्ने अन्तराष्ट्रिय संस्था हो, जेसीजका सदस्य सामाजिक रुपमा फरकर स्मार्ट हुनु जरुरी छ। यदी हामि सामाजिक रुपम सक्षम हुन सकेनौ भने हामीलाई स्थानीय सरकार र स्थानीय समुदायले स्वाकर गर्नसमेत गाह्रो हुने जानकारी दिनु भयो।

तालिमको संचालन महासचिव केशब श्रिषले गर्नु भएको थियो भने स्वागत मन्तव्य बुटवल लेडी जेसीजकी अध्यक्ष संगिता ढकालले गर्नुभएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *