फागुन-५,
नेपाल जेसीजको आयोजना तथा सुन्दर सुदुर पश्चिमको कैलाली जोशीपुर गाँउपालिका अवस्थित जोशीपुर जेसीजको आतिथ्यता संगै छिमेकी १३ शाखाको सह-आतिथ्यतामा Multi Chapter Local Officer Training सम्पन्न भएको छ।

नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष साथै सुदुर पश्चिमका शाखा र जोशीपुर जेसीजका लागि निरुपित जेसी राजन शर्मा पौडेलको प्रमुख प्रशिक्षणमा संचालित तालिममा
१३ शाखाका ८०+ प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

शाखा अध्यक्ष जेसी भरत डंगौराको अध्यक्षता, गाँउपालिका अध्यक्षको प्रमुख अतिथ्यता तथा नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष साथै जोशीपुर जेसीजका लागि निरुपित जेसी राजन शर्मा पौडेलको
विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सह-आतिथ्यता छिमेकी शाखाहरु अत्तरिया जेसीज, बौनिया जेसीज, धनगढी जेसीज, धनगढी लेडी जेसीज, फुलबारी जेसीज, घोडाघोडी जेसीज, जानकी जेसीज, लम्की जेसीज, लम्की लेडी जेसीज, महेन्द्रनगर जेसीज, नारायणपुर जेसीज, टिकापुर जेसीज हरुले गर्नु भएको थियो।

विशिष्ट अतिथि तथा प्रमुख प्रशिक्षक जेसी राजन शर्मा पौडेलले जेसीज सदस्यहरुलाई सक्रियताका साथ शाखा कार्यक्रममा सहभागिता गराउने र धेरै भन्दा धेरै सदस्यलाई अवसरको सिर्जना गर्ने विषयमा तालिम दिनु भयो, जेसीजले धेरै भन्दा धेरै युवाहरुलाई सदस्य बनाउदै सकरात्मक परिवर्तनकोबाटोमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो।जेसीजका शाखा पदाधिकारीहरुको जिम्मेवारी र शाखालाई मजबुत बनाउन के गर्नेभन्ये विषयमा जानकारी गराउदै शाखा पदाधिकारीलाई थप कार्यबोध गराउनु भयो । वर्ष २०२४ लाई कसरी उत्कृष्ट वर्ष बनाउन सकिन्छ, यसका लागि कस्ता कार्यक्रमहरु गर्ने भन्ने विषयमा समेत जानकारी गराउनु भयो।
