शुद्धोन जेसीजको आयोजनामा वर्ष २०२४ का अध्यक्ष जेसी रुपा पराजुली डुम्रेको वार्षिक प्लान अफ एक्सन र नेपाल जेसीजको 100% Efficiency कार्यक्रम अनुसार मार्च महिनामा रहेको अध्यक्षता र संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ।

शुद्धोन जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी रुपा पराजुली डुम्रेको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ रुपन्देहीका सदस्य तथा शुद्धोनजेसीजका का पुर्ब अध्यक्ष जेसी रामजि पौडेलको प्रमुख आतिथ्यतामा संचालन भएको एक दिने अध्यक्षता र संसदीय बैठक प्रणालीतालिममा नेपाल जेसीज बर्ष 2024 का chief advisor to BOD जेसी चुडामणि डुम्रेले प्रमुख प्रशिक्षकको रुपमा महत्वपूर्ण भुमिकानिर्वाह गर्नु भएको थियो।
तालिम मुख्य गरि वर्ष २०२४ का बोर्ड पदाधिकारी तथा सदस्य ज्यूहरुलाई लक्ष्य गरेर आयोजना गरिएको कार्यक्रम संयोजक तथा वर्ष२०२४ का कार्यकारिणी उपाध्यक्ष महेन्द्र गौतमले जानकारी दिनु भयो। प्रमुख प्रशिक्षकले उपस्थित शाखा पदाधिकारी तथा सदस्यज्यूहरुलाई २ समुहमा विभाजन गरि छुट्टा छुट्टै रुपमा संसदीय अभ्यास सहितको तालिम प्रदान गर्नु भएको थियो।

बोर्ड पदाधिकारी तथा सदस्य सहित २५ जनाको उपस्थितिमा तालिम रिद्धी सिद्धि पार्टी प्यालेसको हलमा दिनभर संचालन भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका पूर्व अध्यक्ष पौडेलले तालिमले सदस्य ज्यूहरुको क्षमता संगै जेसीज प्रतिको रुचि बढ्नेहुदा यस्ता कार्यक्रम आगामी दिनमा हुदा थप उत्साहका साथ हुने भन्दै कार्यक्रम पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता गर्नु भएकी जेसी रुपा पराजुलीले कार्यक्रमका प्रमुख अतिथि , प्रशिक्षक एवम सहभागीहरुको गरिमामयउपस्थिति प्रती आभार एवम कृतज्ञता प्रकट गर्नु भएको थियो।
वर्ष २०२४ का महासचिव जेसी राहुल खनालको संचालनमा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमका सम्योजक एवम वर्ष२०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी महेन्द्र गौतमले गर्नु भएको थियो।
